arrow

एनसेलका ७ जना भाग्यशाली ग्राहकले पाए स्कुटर बम्पर पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
ncell-seven-lucky-scooter-bumper-prize-winners.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले बिहीबार ‘हरेक दिन सर्प्राइज सबैलाई स्योर–प्राइज’ योजनाको अन्तिम स्कुटर वितरण गर्दै ग्राहकलाई स्कुटर हस्तान्तरण गर्ने काम सम्पन्न गरेको छ। बम्पर पुरस्कार हस्तान्तरणको हप्तामा एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको योजना अन्तर्गत बम्पर पुरस्कार स्वरूप ७ जना विजयी ग्राहकहरूले एक एक वटा स्कुटर जितेका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बुधवार नयाँ बानेश्वर एनसेल सेन्टरबाट एक बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए। बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिइन्। अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्कीले मङ्गलवार र बुधवार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेताहरूलाई स्कुटर हस्तान्तरण गरेका कम्पनीले जनाएको छ।

यसबाहेक विराटनगर, जनकपुर, भैरहवा र हेटौँडाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा एनसेलका प्रतिनिधिहरू लेना केशरी कंसाकार (एक्टिङ् सिटिओ), विशाल नेगी (प्रोडक्टस् डाइरेक्टर), विशाखा लक्ष्मी खड्का (कर्पोरेट कम्युनिकेसन एण्ड सीएसआर म्यानेजर), अनुषा प्रधानाङ (ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर), र राजेश मानन्धर (कोर प्रोडक्टस् एण्ड डिभाइस म्यानेजर)को सहभागिता रहेको थियो।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५,००० भन्दा बढी नाराहरू प्राप्त गरेको थियो।

“हाम्रो यस योजनामा ग्राहकहरूको सक्रिय सहभागिताबाट हामी एकदमै हौसिएका छौँ। यसले ग्राहकहरूले हाम्रा सेवाहरूलाई कसरी लिएका छन् भनेर स्पष्ट झल्काउँछ। हामी हाम्रा ग्राहकहरूलाई सधैँ प्राथमिकता राख्छौ र उनीहरूको भावना बुझेर आवश्यक सुधार गर्दछौँ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले भने।

यो योजना भाद्र ३१ बाट सुरु भई २८ दिनसम्म चलेको थियो। साप्ताहिक बोनस ब्यालेन्स विजेता र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरूको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए।

यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरूलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो। यस योजना अन्तर्गत दैनिक रूपमा ग्राहकहरूलाई प्रदान गरिएको स्योर प्राइज हरूमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरू रहेका थिए।

बम्पर पुरस्कार हस्तान्तरणकै अवसर पारी एनसेलले मङ्गलवार र बुधवार दिउँसो विराटनगर, धनगढी, जनकपुर र भैरहवास्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको थियो। यस कार्यक्रममा अभिनेत्री प्रियङ्का कार्कीले धरान र जनकपुरको एनसेल सेन्टरमा र अभिनेत्री केकी अधिकारीले धनगढी र भैरहवा एनसेल सेन्टरमा आएका ग्राहकहरूसँग अन्तरक्रिया गर्नुका साथै ती सेन्टरहरूबाट सोही दिन रु.१०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरूलाई एनसेलका विभिन्न उपहारहरू प्रदान गरेका थिए।


बम्पर पुरस्कार विजेता ग्राहकका नाराहरू :
– हरेक ग्राहकको आवश्यकतासँग खान्छ मेल, अरू कुनै होइन, एक मात्र एनसेल 
– एनसेलसँग खुसी साटौँ, एक आपस मिलेर बाँचौँ 
– चाहे दिन होस् या रात एनसेल छ साथ, आफन्तसँग गरम निर्धक्क बात
– डायल, स्माइल एण्ड रिपिट बिथ एनसेल
– सम्बन्ध जोड्दै अघि बढ्दै
– जति भए नि नयाँ पुराना थरी–थरी एनसेल नै छ, नेपालीको मन भरी
– तिम्रो साथले दिलाउँछ, आफ्नो पनको आभास....

एनसेलको बारेमा 
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ। 

सरकारले अङ्गीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८-७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसै गरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

एनसेल, आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो।

ncell-seven-lucky-scooter-bumper-prize-winners (3).jpg
ncell-seven-lucky-scooter-bumper-prize-winners (1).jpg
ncell-seven-lucky-scooter-bumper-prize-winners (4).jpg
ncell-seven-lucky-scooter-bumper-prize-winners (3).jfif
ncell-seven-lucky-scooter-bumper-prize-winners (2).jfif
ncell-seven-lucky-scooter-bumper-prize-winners (2).jpg
ncell-seven-lucky-scooter-bumper-prize-winners (1).jfif


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ