भूकम्प पीडितलाई सहयोग सामग्री लिएर चिनियाँ सेनाका दुई विमान पोखरामा
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
737
Shares
काठमाडौँ । भूकम्प पीडितको राहत लिएर चिनियाँ सेनाका दुई जहाज पोखरामा अवतरण भएका छन् । चीन सरकारले भूकम्प पीडितलाई दिने राहत सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुगेका छन् भने चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्दैछन् ।
चीनले आफ्नो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ः३० र ९ः४० मा अवतरण भएका हुन् ।
चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट उडेका थिए ।