काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक पुनः सारिएको छ । आइतबार मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक एक दिन बितेपछि मंगलबार पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको जानकारी दिइयो ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए ।
यसअघि मंसिर १३ देखि १६ गते गर्ने निर्णय गरिएको थियो । पुनः मिति सार्दै मंसिर २९ देखि पुस २ सम्म गर्ने गरी तोकिएको थियो ।
जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो ।
तर यसअघिदेखि नै एकदेखि डेढ महिनासम्म बैठक सार्ने गरी चलखेल भइरहेको थियो ।
मंसिर १३ को बैठक भृकुटीमण्डपको सभाहल खाली नभएको बहानामा सरेको थियो । अहिले भने फेरि भूकम्पलाई बहाना बनाइएको छ । जबकि आइतबारको बैठकमै भूकम्प बहाना बनिसकेको थियो ।
यो पनि,