arrow

नेप्सेमा दोहोरो अंकको वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । चालु साताको तेस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। 

सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ ।

मंगलबार ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको कारोबार भएको छ । 

१३ उपसमूहमध्ये१२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ