arrow

खुशियाली छायो नेप्सेमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
bull-stock-nepse-share.jpg

काठमाडौँ । केही दिनयता लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ । गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।

पछिल्ला चार कारोबार दिनमा ५२.४४ अंक घटेको थियो । तर सोमबार भने बढेको शेयर बजारमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

सोमबार २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ