arrow

भूकम्पको पीडा

घाइते आमाको पेटभित्र मरेको शिशु निकालियो, सात जनाको शल्यक्रिया

logo
सौरभ गिरी,
प्रकाशित २०८० कार्तिक २० सोमबार
ghaite-earthquake-j.jpg

नेपालगञ्ज । जाजरकोट भूकम्पबाट भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ ।

भेरी अस्पतालमा अहिलेसम्म सात जना घाइतेको शल्यक्रिया गरिएको छ । घाइते भएकामध्ये ४१ जनाको भेरी अस्पतालमा उपचार चलिरहेको छ । हालसम्म ४३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना डिस्चार्ज भएका छन् ।

एक जनाको आईसीयूमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको संख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ रहेको श्रेष्ठले जानकारी दिए ।

पछिल्लो १२ घन्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिएका छन् भने एक जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।

आज बिहानसम्म भेरीमा २३ महिला र १८ पुरुषको उपचार भइरहेको छ । यीमध्ये जाजरकोटका २७, रुकुम पश्चिमका १३ तथा बाँके र सल्यानका १–१ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ