arrow

राहत लिएर सीपीसीका तिब्बत सचिव वाङ आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
wang-jungcheng.jpg

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ जुङचेङ नेपाल आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार उनी कात्तिक २३ मा नेपाल भ्रमणमा आउन लागेका हुन् । 

नेपालमा भुकम्प जानु अघि नै उनी नेपाल आउने कार्यक्रम तय भएको थियो । भूकम्पबाट प्रभावित रहेका जनता र क्षेत्रमा चीनले राहतस्वरुप १० करोड बराबरको सहयोग गर्ने घोषणा गरिसकेको छ । उनको भ्रमणले यसका अतिरिक्त अन्य विकास निर्माणको काममा पनि सहयोग हुने अपेक्षा राखिएको छ ।
 
‘उहाँले नेपाल भ्रमणमा के के सम्झौता गर्ने भन्ने सम्बन्धमा गृहकार्य भइरहेको छ । चिनियाँ पक्षका तर्फबाट नेपालस्थित चिनियाँ दूतावासले यस बारेमा काम गरिरहेको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उहाँको भ्रमण दुईदेखि तीन दिनसम्मको हुनेछ ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोजमा भएको चीन भ्रमणका दौरान सचिव वाङसँग पनि भेटवार्ता भएको थियो । उक्त अवसरमा दुई देशबीचको सहकार्य र सम्बन्धका बारेमा कुराकानी भएको थियो । 

त्यस क्रममा पूर्वाधार, सडक, ट्रान्समिसन लाइन, व्यापारिक र पारम्परिक नाका सञ्चालनमा ल्याउने, नेपालतर्फको सडकको स्तरोन्नति र विभिन्न परियोजना अघि बढाउनेलगायतका विषयमा सचिव वाङको भ्रमणमा कुराकानी हुने बताइएको छ । 

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले भ्रमण गर्दा, प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्दा र अन्य समयमा भएका सहमति र सम्झौताका सम्बन्धमा पनि कुराकानी हुनेछ । 

उनको भ्रमणका दौरान नेपाल र तिब्बतको ल्हासामा सिधा हवाई उडानका बारेमा पनि कुराकानी हुने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । यसअघि पनि नेपाल ल्हासामा सिधा उडान हुने विषयमा दुई देशवीच संवाद चलेको थियो तर त्यो सफल हुन सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ