arrow

नेप्सेमा पहिरो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार, कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर रू ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् । 

कारोबारका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रू चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो । 

ग्लोबल आइएमई बैंक रू तीन करोड १७  लाख ७९ हजार आठ सय ७४, एनआईसी एसिया बैंक रू तीन करोड तीन लाख ८० हजार दुई सय १०, हिमालयन डिस्टिलरी रू दुई करोड ८९ लाख ५९ हजार चार सय २४ र नबिल बैंक रु दुई करोड ८७ लाख ५२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार एनआईसी एसिया लघुवित्त छ दशमलव ९७, तारागाउँ रिजेन्सी होटल पाँच दशमलव ४७, माया खोला हाइड्रोपावर चार दशमलव २५, एशियन हाइड्रोपावर तीन दशमलव ७५ र नेशनल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ५७ प्रतिशतले कमाएका छन् । 

यस्तै हिमालयन लघुवित्त १०, बाराही लघुवित्त सात दशमलव ९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर छ दशमलव ७६, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ७३ र सबैको लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ