arrow

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख तत्काल सहयोग

तीन भूकम्प प्रभावित जिल्लाका सबै ग्राहकलाई रु ४० लाख ब्यालेन्स बारबारको सेवा निःशुल्क प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
ncell-logo-2079.jpg
तस्बिर : फाइल

काठमाडौँ। एनसेल आजियाटा लिमिटेड हिजो शुक्रवार रातीको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरू प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको। साथै, यस दुखद घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरूका लागि केही राहतका प्याकेजहरू समेत ल्याएको छ।

एनसेलले आफ्ना ग्राहकहरूलाई प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई रु ४० लाख ब्यालेन्स बारावरको सेवाहरू निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौँ। यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन्। समय सीमा १५ दिनको रहने जनाएको छ।

एनसेलको बारेमा 
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ।

सरकारले अङ्गीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८-७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसै गरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

एनसेल, आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ