arrow

पेरिसडाँडाबाट स्पष्टीकरण [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
maobadi-parisdada-2080-07-16 (2).jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जारी पार्टी रुपान्तरण अभियानबाट विगतमा भएका अन्तरविरोध समाधान हुँदै गएको निचोड निकाल्दै जनमानसमा परेको भ्रम निवारण गर्ने प्रयास गरेको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले शीर्ष नेताहरुबीचको समीक्षाको निचोड सुनाउँदै पार्टी चलायमान भएको बताएका हुन् । 

मंसिरमा सडकमा उत्रेर आँधिवेहरी ल्याउृने भनेर माओवादीले हल्ला चलाएपछि सत्ताधारी गठबन्धनका साझेदार दलहरु आक्रामक बनेका थिए । सोही विषयमा स्पष्टीकरण दिनका लागि माओवादीले पत्रकार सम्मेलन गर्दैै जनप्रदर्शन नभइ पार्टीले थालेको रुपान्तरणअनुसार अगाडि बढेको स्पष्ट पारेको हो । 

यसअघि गणतन्त्र जोखिममा परेको बहाना बनाउँदै माओवादीले शक्ति प्रदर्शन गर्ने जनाएको थियो । 

जो सत्तामा छ उसैले सडकमा उत्रेर तमाशा गर्न खोजेको भन्दै आलोचना भएको थियो । 

यसअघि कांग्रेसलगायतले माओवादीले गर्न लागेको सो प्रदर्शनको आलोचना गरेपछि महासचिव देवप्रसाद गुरुङले  ‘जन प्रदर्शन’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्तर्गत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका थिए ।

तर प्रवक्ता सापकोटाले भने जनताले पार्टीको कुरा सुनेको बताए । माओवादीले दुई महिनायता पार्टी रुपान्तरण अभियान चलाइरहेको छ ।

सोही अभियानलाई निरन्तरता दिने पनि माओवादीले बताएको छ । 

 

maobadi-parisdada-2080-07-16 (3).jpg
maobadi-parisdada-2080-07-16 (4).jpg
maobadi-parisdada-2080-07-16 (5).jpg
maobadi-parisdada-2080-07-16 (6).jpg
maobadi-parisdada-2080-07-16 (7).jpg
maobadi-parisdada-2080-07-16 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ