पाल्पा । धान पाकेर पहेँलपुर बनेको पाल्पा माडीमा यतिबेला धान स्याहार्ने चटारो छ । दशैँको पूर्णिमा पनि नसकिँदै किसान धान स्याहार्न खेतमा व्यस्त बनेका छन् ।
असारमा मानो रोपेको मुरी फलेपछि किसान खुशी छन् । बेमौसमी वर्षाले कुनै क्षति नगरोस् भनेर अहिले किसानहरु विजयादशमीको टीका लगाएपछि धान स्याहार्न व्यस्त हुन थालेका हुन् ।