arrow

अन्तरिक्षमा भारतको महत्वाकांक्षी योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
isro-sun.png
तस्बिर : फाइल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन् । 

भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाइरहेको छ । 

विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको भारत आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि शनिबार एउटा महत्वपूर्ण परीक्षण उडानका लागि तयार भएको बेला प्रधानमन्त्री मोदीको उक्त घोषणा आएको हो । 

उनले अन्तरिक्ष एजेन्सीका अधिकारीहरूसँग भारतीय अन्तरिक्ष पहलको सफलतालाई अगाडि बढाउनुपर्ने बताए । 

“सन् २०३५ सम्ममा ‘भारतीय अन्तरिक्ष स्टेसन’ र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउनेसहित मुलुकले अब नयाँ र महत्वाकांक्षी लक्ष्य बनाउनु पर्छ”, मङ्गलबार अबेर उनले एक वक्तव्यमा भने । 

प्रधानमन्त्री मोदीले चन्द्रमामा ‘मिसनहरूको शृङ्खला’ का लागि योजनाहरूको विकास गर्न अधिकारीहरूलाई आग्रह गरे । 

भारतले कम बजेटमा अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेको छ । भारत गत अगस्टमा चन्द्रमाको अज्ञात दक्षिणी ध्रुवमा ठूलो स्तरमा आफ्नो यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । 

साथै उसले सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि एउटा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ