arrow

तराईमा पानीको सतह घट्दै गएकोमा प्रथम राष्ट्रपति चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
dr-rambaran-yadav-2079.jpg

सप्तरी।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले तराई मधेसमा पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्   । 
    
सप्तरीको राजविराजमा बिहीबार कर्मवीर योद्धा  खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा उनले तराई मधेस मरुभूमि हुनबाट जोगाउन चुरे जङ्गल विनाशलाई रोक्नु आवश्यक रहेको बताएका हुन् ।

नेपालको तराई मधेसमा धेरै अन्न फल्ने भएकाले यहाँ नदि नाला र सिँचाइ सुविधा पुगेमा  समृद्ध नेपाल बन्न सक्ने बताउँदै उनले जलवायु परिर्वतन र वातावरण अनुकुलताका कारण अहिले तराईमा पानीको सतह घट्दै गएको  बताए ।  
    
दैनिक चुरे विनाशले गर्दा ठाउँ–ठाउँमा पानीको अभाव  देखिएका कारण चुरे जोगाउन सबै नागरिक सचेत बन्नुपर्नेमा डा यादवको जोड थियो । “चार दशकअघिसम्म अन्न धान, चामल निर्यात गर्ने अवस्थामा हामी थियौँ, गरिब समुदायका मानिसले पनि पर्याप्त माछा खान पाउँथे, सागसब्जीको अभाव थिएन”, उनले भने   ।

संविधानसभाबाट नयाँ संविधान बन्नु, समानुपातिक समावेशिताको ग्यारेन्टी हुनु ठूलो उपलब्धि रहे पनि त्यसअनुसारको सुधार आउन अझै बाँकी नै रहेको डा यादवलले बताए ।
    
तराई–मधेसमा व्याप्त दाइजो प्रथा, आवश्यकभन्दा अनावश्यक कुरामा बढी खर्च गर्ने प्रवृत्ति अझै कायम रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ