arrow

केपी ओलीलाई रविले सोधे - अझै पनि तपाईँकै दललाई भोट हाली रहने भोटर चाहिँ कस्ता ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
rabi-lamichhane.jpg

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रश्न सोधेका छन् । नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्ति दिएका ओलीलाई रविले उल्टै तपाईँकै दललाई भोट हाली रहने भोटर चाहिँ कस्ता भनी प्रश्न गरेका हुन् । 

सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरूलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए । 

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईँकै दललाई भोट हालिरहने ? तपाईँकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहिँ कस्ता ? भन्ने प्रश्न गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ