arrow

थप १९ नेपालीको भारतीय विमानमार्फत इजरेलबाट उद्धार [नामावलीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
foreign-ministry.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले युद्धग्रस्त देश इजरेबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरेलमाथि आक्रमण गरेसँँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरेलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । 

नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ  र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारत हुँदै नेपाल फर्कने उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने मन्त्री साउदले जानकारी दिए । 

उनीहरू मंगलबार बेलुका ७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने छन् । यसअघि इजरेलबाट २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ