arrow

बीआरएफमा सहभागी हुन सम्मानित नेता गए चीन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
jhalnath-khanel.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चीन गएका छन् । 

चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गए राति नै चीन गएका हुन् । 

 नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन गएका छन् । 

पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्नेछन् । 

 उनी अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ