arrow

एसियाली खेलकुदका विजेताको स्वागत, शोकले भएन तामझाम [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
arika-gurung-karate-silver-asiad-2023.jpg

काठमाडौँ । चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

रजत पदक जित्न सफल एरिका गुरुङ र कास्य पदक जित्न सफल कबड्डी टोलीको भव्य स्वागत भएको हो । 

स्वागत गर्न विमानस्थलमा माओवादी केन्द्रका नेता, नेपाली कांग्रेसका नेता, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा र महासचिव दावा गुरुङ, कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, पूर्व अध्यक्ष रञ्जन थापा लगायतको उपस्थिति रहेको थियो ।

एसियाली खेलकुदमा नेपालले सहभागीता जनाएको २९ खेलमा कराते खेलाडी एरिकाले करातेबाटै अहिलेसम्मकै पहिलो रजत दिलाइन् भने पहिलो पटक सहभागीता जनाएको महिला कबड्डी टोलीले कास्य दिलाएको हो । 

खेलाडीहरुलाई विमानस्थलबाट विभिन्न स्थानको परिक्रमा गरि राष्ट्रिय खेलकुद परिषद्मा विशेष कार्यक्रमका विच स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकोमा नेपाल सरकारले शोक दिवस घोषणा गरेका कारण औपचारिक कार्यक्रम स्थगन भएको थियो ।

खेलाडीहरुलाई विमानस्थलबाट राष्ट्रिय खेलकुद परिषदमा लगिएको थियो । 

sports-asian-games-medal-players (1).jpg
sports-asian-games-medal-players (2).jpg
sports-asian-games-medal-players (3).jpg
sports-asian-games-medal-players (4).jpg
sports-asian-games-medal-players (5).jpg
sports-asian-games-medal-players (6).jpg
sports-asian-games-medal-players (7).JPG
sports-asian-games-medal-players (8).JPG
sports-asian-games-medal-players (9).jpg
sports-asian-games-medal-players (10).jpg
sports-asian-games-medal-players (11).jpg
sports-asian-games-medal-players (12).jpg
sports-asian-games-medal-players (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ