arrow

एसियाली खेलकुदमा क्रिकेटको स्वर्णपदक भारतलाई, पदकको ओइरो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
asiad-india-cricket-gold.jpg

काठमाडौँ । एसियाली खेलकुदको क्रिकेटको स्वर्णपदक भारतले जितेको छ । आजको फाइनलमा अफगानिस्तानविरुद्ध उच्च वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो । 

फाइनल खेल वषाएका कारण पूरा हुन नसकेपछि भारतले स्वर्णपदक जितेको हो । अफगानिस्तान रजतमै समेटिएको छ । 

खेल रोकिनुपूर्व पहिले ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभर सम्भव भएको खेलमा ५ विकेटको क्षतिमा मात्र ११२ रन बनाएको थियो । शहिदुल्लाहले अविजित रहँदै ४९ रन बनाए । 

बंगलादेशले कास्य पदक जितेको छ । बंगलादेशले कास्यका लागि भएको भिडन्तमा पाकिस्तानलाई ६ विकेटले हरायो । 

योसँगै भारतले कीर्तिमानी १०६ पदक जितिसकेको छ । भारतले अहिलेसम्म एकै संस्करणमा यसअघि तेहेरो स्कोरमा पदक जितेको थिएन । 

चीन २६९ पदकसहित शीर्ष स्थानमा छन् । जापान १७८ पदकसहित दोस्रो, दक्षिण कोरिया १८३ पदकसहित तेस्रो स्थानमा छ । 

भारत १०६ पदकसहित चौथो स्थानमा रहेको छ । पाँचौँ स्थानको उज्वेकिस्तानको मात्र ६६ पदक छ । 

यो आँकडाअनुसार चीन पहिलो र भारत चौथो हुने पक्का भएको छ भने जापान र कोरियाबीच दोस्रो र तेस्रोका लागि भिडन्त हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ