arrow

एरिका एसियाली खेलकुदको फाइनलमा, करातेबाट नेपालले कम्तीमा रजत जित्ने पक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
erika-asiad-2023.jpg
तस्बिर– कुशल श्रेष्ठको फेसबुक वालबाट ।

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ । 

कराते खेलाडी गुरुङले आज सम्पन्न सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेकी हुन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी हुन् । 

यसअघि आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन् । फाइनलमा उनले आजै काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित खेल्ने छिन् । 

सो खेल जिते एरिकाले एसियाली खेलकुदमा नेपालका लागि इतिहास रच्नेछिन् । एरिका एसियाली खेलकुदमा रजत पदक जित्ने इतिहासमै दोस्रो खेलाडी भएकी छिन् । 

यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

सन् २०१८ मा इन्डोनेसियामा भएको जकार्ता एसियाडमा पाराग्लाइडिङको टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो ।

योसँगै नेपालको जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक पक्का भएको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ