arrow

भारतलाई पहिलो पटक एसियाडमा सय बढी पदक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
asiad-india-2023.jpg

नयाँदिल्ली । एसियाली खेलकुदमा भारतको उत्कृष्ट प्रदर्शन जारी राखेको छ । भारतले पहिलो पटक एकै संस्करणमा १०० पदक जितेको छ । 

 बिहानसम्म भारतले एसियाली खेलकुदमा पदक संख्या १०० पुर्याएको छ । एसियाली खेलकुदको १४ औँ दिनको शुरुआत पनि भारतको लागि राम्रो रह्यो । 

भारतीय खेलाडीले पदक जितेका छन् । १३ औँ दिन भारतका लागि उत्कृष्ट रह्यो । साविक विजेता जापानलाई हराउँदै भारतले ९ वर्षपछि हक्कीमा स्वर्ण पदक जितेको छ । हक्की टोलीले स्वर्ण जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टोलीलाई बधाई दिएका छन्  ।

यसपटक भारतले एसियाली खेलकुदमा कीर्तिमानी पदक जित्दै पदकको शतक बनाएको छ । यसअघि खेलकुदको १३ औं दिनसम्म भारतीय खेलाडीले २२ स्वर्णसहित ९५ पदक जितेका थिए भने आज ५ पदक जितेर पदकको शतक पूरा गरेका छन् । 

हङझाउ एसियाली खेलकुदमा भारतीय खेलाडीले कीर्तिमान बनाउने क्रम जारी छ ।   ‘यसपटक सय पार गर्ने’ लक्ष्य लिएर चीन पुगेका भारतीय खेलाडीले सयभन्दा बढी पदक जितेका हुन् ।

भारतले सन् २०१४ मा ५७, सन् २०१८ मा ७० पदक जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ