arrow

निषेधाज्ञा र कर्फ्युको समयसीमा घटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
nepaljung-curfew-army-2080-06-16.jpg
तस्बिर – फाइल ।

बाँके । स्थिति सामान्य बन्दै गएको संकेतपछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसीमा घटाइएको छ । 

दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसीमा घटाएको हो ।

जसअनुसार बिहान ९ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राति ९ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए । यसअघि बिहान ८ बजेदेखि नै निषेधाज्ञा सुरु हुन्थ्यो भने कर्फ्यु बिहान ६ बजेसम्म लगाउँदै आइएको थियो । 

 प्रजीअ अधिकारीले जारी गरेको सूचना अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र  कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन पाउने छैनन् ।

हिन्दू र मुस्लिम समुदायका बीचमा हुलदंगा भएपछि स्थिति नियन्त्रणमा लिनका लागि बाँके प्रशासनले सुरक्षाा ब्यवस्थामा कडाइ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ