arrow

उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने, पाकिस्तान बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
asiad-india-bangladesh.jpg

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गतको क्रिकेटको उपाधिका लागि भारत र अफगानिस्तान खेल्ने भएका छन् । सेमिफाइनलमा भारतले बंगलादेशलाई र अफगानिस्तानले पाकिस्तानलाई हरायो । 

भारत ९ विकेटले तथा अफगानिस्तान ४ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरको टी–२० मा ९ विकेटको क्षतिमा ९६ रन बनायो । जवाफमा भारतले ९.२ ओभरमै १ विकेट गुमाएर जित हासिल गर्यो । 

उता पाकिस्तान ११५ रनमा आउट भएकामा अफगानिस्तानले १७.५ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । 

स्वर्णपदकका लागि शनिबार भारत र अफगानिस्तान बिहान ११ः४५ बजे खेल्नेछन् । त्यसअघि कास्य पदकका लागि पाकिस्तान र बंगलादेश बिहान ६ः४५ बजे खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ