arrow

नेपालगञ्जमा फेरि कर्फ्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
nepaljung-curfew-army-2080-06-16.jpg
तस्बिर – फाइल ।

बाँके । नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरि अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो । 

सो कर्फ्यु बिहान ६ बजेदेखि शुरू भएर राति ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा भनिएको छ । 

उनका अनुसार नेपालगञ्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ ।

केही समयदेखि नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायका बीचमा असमझदारी बढेपछि स्थिति नियन्त्रणमा लिनका लागि सेना परिचालनदेखि कर्फ्युसमेत लगाइएको थियो । 

अवस्था सामान्य भएको भन्दै हिजो बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो । तर पुनः विवाद बढेपछि नेपालगञ्जमा अहिले कर्फ्यु लगाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ