arrow

एसियाली खेलकुद

भारतले तोड्यो यसअघिको किर्तिमान, तीन राष्ट्रको समान १० स्वर्ण

 ३३३ पदकसहित चीन शीर्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
india-padak.JPG

काठमाडौं । एसियाली खेलकुद सकिन अब तीन दिन मात्र बाँकी छ । सेप्टेम्बर २३ मा शुरु भएको खेल अक्टोबर ८ आइतबार सकिँदै छ ।

एसियाली खेलकुदमा शुक्रबार बिहानसम्ममा १३ सय २४ पदकको छिनोफानो भइसकेको छ । 

जसमा आयोजक चीनले मात्रै ३३३ पदक जितेको छ । पछिल्लो पदक तालिका अनुसार चीनले १७९ स्वर्ण ९९ रजत र ५५ कास्य पदकसहित ३३३ वटा पदक हात पारेको छ । 

छिमेकी मुलुक भारत तीन दिन बाँकी रहँदा २१ स्वर्ण पदक जितेर खेलको चौथो स्थानमा छ । 

भारतीय खेलाडीले आफ्नै यसअघिको रेकर्ड तोडेका छन् । सन् २०१८ मा जकार्तामा भएको एसियाली खेलकुदको अन्तिम संस्करणमा भारतले १६ स्वर्ण सहित ७० पदकको कीर्तिमान पदक जितेको थियो। 

यसपालि भारतले केही दिन बाकी रहँदै २१ स्वर्णसहित ३२ वटा रजत र ३३ वटा कास्य पदक जितेको छ। जसले यसअघिको उसको रेकर्ड पनि भङ्ग गरेको छ । यस वर्ष भारतीय खेलाडीले अथक मेहनत को प्रतिफल स्वरूप यो अवस्थामा पुगेको भारतीय सञ्चारमाध्यमले बताउँदै आएका छन् । 

पदक तालिकामा दोस्रो स्थानमा जापान १५८ पदकसहित छ । जापानले ४४ स्वर्ण, ५४ रजत र ६० वटा कास्य पदक जितेर कुल १५८ पदक पाएको हो ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ३३ स्वर्ण, ४७ रजत र ७७ वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म १५७ पदक जितेको छ। 

उज्बेकिस्तान पाँचौँ स्थानमा छ । उज्बेकिस्तानले १९ स्वर्ण, १६ रजत र २५ कास्य गरि ६० पदक हात पारेको छ । 

चाइनिज ताइपे सूचीको छैटौँ स्थानमा छ । चाइनिज ताइपेले १५ स्वर्ण, १५ रजत र १४ कास्य गरि २३ पदक लिएको छ । 

सूचीमा उत्तर कोरिया, थाइल्यान्ड बहराइनले समान १० स्वर्ण पाएका छन् । उत्तर कोरिया सूचीको सातौँ स्थानमा आइपुगेको छ । खेलको शुरुदेखि उकालो लागोको उत्तर कोरिया १० स्वर्ण, १६ रजत र ८ कास्य गरि ३५ पदक जितेको छ । 

थाइल्यान्ड सूचीको आठौँ स्थानमा छ । १० स्वर्ण, १४ रजत र २७ कास्य गरि २५ पदकसहित ५१ पदक लिएको छ। 

बहराइन १७ पदकसहित नवौँ स्थानमा छ । बहराइनले १० स्वर्ण, २ रजत र ५ कास्य हात पारेको छ । 

४२ पदकसहित इरान दसौँ स्थानमा छ । इरानले ८ स्वर्ण १७ रजत र १७ कास्य पाएको छ । 

यसपछि सूचीमा क्रमशः किर्गिस्तानले ८ स्वर्ण, १५ रजत र ३८ कास्य जितेको छ । हङकङले ७ स्वर्ण, १६ रजत २९ कास्य हात पारेको छ । इन्डोनेसियाले ६ स्वर्ण, १० रजत र १७ कास्य जितेको छ । मलेसियाले ५ स्वर्ण, ६ रजत र १७ कास्य जितेको छ । कतारले पनि ५ स्वर्ण, ६ रजत र ३ कास्य जितेको छ । 

साथै सिंगापुर साउदी अरब र काजकिस्तानले ३-३ स्वर्ण जितेका छन् ।  संयुक्त अरब इमिरेट्स, भेतनाम, कुवेत , फिलिपिन्स र ताजकिस्तानले २-२ स्वर्ग पाएका छन् । मङ्गोलिया, मकाउ चाइना, श्रीलङ्का र म्यानमारले एक-एक स्वर्ण लगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ