arrow

दीपेन्द्रसहित कुशल, सागर र करणलाई प्रहरीले गर्‍यो सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
police-crickter.jpg

काठमाडौँ ।उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका चार क्रिकेट खेलाडीलाई बिहीबार सम्मान गरिएको छ ।

चीनमा सञ्चालन भइरहेको १९औँ एसियन गेम्सको टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्ने दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल र करण केसीलाई प्रहरीले सम्मान गरेको हो । 

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उनीहरूलाई सम्मान गरेका हुन् । 

कार्यक्रममा महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरका महत्त्वपूर्ण खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी सङ्गठनको अस्तित्व र प्रतिष्ठा उँचो भएको बताए ।

उनले आफूभित्रको स्पोर्टस्म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीलाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ