arrow

अपर तामाकोशीको विद्युत प्रशारण लाइन समस्याको समाधान होस् : सांसद गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
pratima-gautam-2080-06-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले अपर तामाकोशी विद्युत प्रशारण लाइनको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेकी छिन् । 

प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले लामो समयदेखि स्थानीयवासीले यो समस्या समाधान गर्न आन्दोलन गरिरहे पनि सरकारले बेवास्ता गरेको भन्दै स्थानीयको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले यसो भनिन्, ‘शंकरापुर ३ लप्सीफेदी बोझिनीमा बन्ने अपर तामाकोशीको विद्युत प्रशारण लाइन तथा शव स्टेशन सन्दर्भमा करिब १७ सय रोपनी भन्दा बढी स्थानीयवासीको जमीन रोक्का छ । मानवबस्ती बीचबाट शवस्टेशन तथा प्रशारण लाइन लग्दा त्यहाँका बस्तीका जनताहरुले असुरक्षित महसुस गरिरहेको अवस्था हुँदा लामो समयदेखि स्थानीय र प्राधिकरणबीच असमझदारी देखिएको छ । सो प्रशारण लाइन मानव बस्तीभन्दा बाहिर लग्न लामो समयदेखि जनताहरु आन्दोलित छन् । त्यसकारणले स्थानीय प्रतिनिधि, स्थानीयवासीसँग सरकारले वार्ता संवाद गरी देखिएको समस्या समाधान गरोस् भनी सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ