arrow

दोलखा सुन तस्करी प्रकरण 

११ किलो सुनमा थप एक चिनियाँ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
gold-gold.jpg

काठमाडौँ ।  दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट बुधबार थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुवानका तासी दावा भनिने आगर लामा रहेको सीआईबी का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले  बताए । उनका अनुसार दोलखा सुन तस्करीमा निजको संलग्नताको अनुसन्धानका लागि निजलाई बुधबार स्वयम्भूबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि बुधबारै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सीआईबीले जनाएको छ । यस अघि सीआईबीले काठमाडौँका विभिन्न स्थानबाट एक जना चिनियाँ नागरिकसहित तीन जना नेपालीलाई पक्राउ गरेको थियो ।

यही असोज ११ पहिलोपटक दोलखाको सिङ्गटीमा ४ किलो सुन बरामद गरिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिङ्गटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ