arrow

नेपालगञ्जमा कर्फ्यु आदेश

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असोज १६ मंगलबार
bake-curfew-2080-06-16a.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो साढे १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । 

केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यू आदेश जारी गरिएको हो ।  शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै आज विहान सद्भाव र्याली निकालिएको थियो । 

मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा टायर बालेर नाराबाजी गरेका थिए । त्यसको प्रतिवादमा आज हिन्दू धर्ममा आस्था राख्नेहरुले प्रदर्शन छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ