arrow

एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
ncell-health-camp-police-children.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रवार (असोज १२ गते) काठमाडौँको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। यस शिविरमा ४०० भन्दा बढी मानिसहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए।

नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले विशेषज्ञ डाक्टरहरूबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायतका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए। स्वास्थ्य शिविरहरूले मानिसहरूमा प्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्य शिविरहरू समयमै रोग पहिचानको लागि एकदमै राम्रो माध्यम मानिन्छ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुरूप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो। एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रही नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

यस स्वास्थ्य शिविरमा आएका सबैले थप जाँचहरू गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ। स्वास्थ्य शिविरमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको थियो र तत्काल औषधी आवश्यक भएकाहरूलाई निःशुल्क औषधि पनि दिइएको थियो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने “हाम्रा स्थानीय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै काठमाडौँको मुटुमा यस स्वास्थ्य शिविरको आयोजना गरिएको हो। एनसेल एक जिम्मेवार कर्पोरेट नागरिक हो र आफ्नो समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्ध छ। काठमाडौँ लगायत देशको विभिन्न भागमा यस किसिमको स्वास्थ्य शिविर छिटै आयोजना गर्नेछौँ।”

एनसेलले ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरूको पनि घोषणा गरिसकेको छ। त्यस्ता कार्यक्रमहरूमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरू रहेका छन्।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो। सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ।

सरकारले अङ्गीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ। उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ। यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो। स्थापनादेखि गत आर्थिक वर्ष २०७८-७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ। त्यसै गरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।

एनसेल, आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो। आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।

ncell-health-camp-18th-anniversary (1).jpeg
ncell-health-camp-18th-anniversary (8).jpeg
ncell-health-camp-18th-anniversary (7).jpeg
ncell-health-camp-18th-anniversary (6).jpeg
ncell-health-camp-18th-anniversary (5).jpeg
ncell-health-camp-18th-anniversary (4).jpeg
ncell-health-camp-18th-anniversary (3).jpeg
ncell-health-camp-18th-anniversary (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ