arrow

पक्राउ पुर्जी जारी भएपछि एसपीसँगै फोटो सेसन, प्रतिवादी खुलेआम घुम्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
sp-bhoto-seson.jpg

नेपालगन्ज । जिल्ला अदालत बाँकेले चोरी मुद्दामा फरार रहेका नेपालगन्ज-४ का सहिद हुसेन हलवाई र जाविर हुसेन हलावाईविरुद्द पक्राउ पुर्जी जारी गरेको छ।
गत सालमा मोहम्मद सलाम हलवाईले आफ्नो घरमा चोरी गरेको भन्दै दिएको जाहेरीमा जिल्ला अदालत बाँकेले ती दुई जनालाई प्रतिवादी बनाइ पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला अदालत बाँकेले ती दुई जनाविरुद्ध चोरी मुद्दा दायर गर्दै २०८० भदौ २४ गते अनुसूची २२ बमोजिम ७ दिने पक्राउ पुर्जीको म्याद कटिसकेपछि फेरि ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले पक्राउ पुर्जी जारी गरेको पत्र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पठाए पनि उनीहरू अझै पक्राउ परेका छैनन् । उनीहरू नेपालगन्जमै रहे पनि राजनीतिक संरक्षणमा पक्राउ नगरेको पीडित पक्षले आरोप लगाएका छन् ।

पक्राउ पुर्जी जारी भएका एक प्रतिवादीले पक्राउ गर्ने जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुखसँगै फोटो सेसन गर्दा पनि प्रहरीले चाल नपाउनु नै मिलेमतोको गन्ध आएको पीडितले बताए। 

अदालतले प्रहरीलाई फरार रहेका प्रतिवादी सहिद र जाविरलाई पक्राउ गरी अदालतमा उपस्थित गराउनु भने पनि प्रहरीले उनीहरूलाई पक्राउ नगर्दा पीडितलाई झनै पिडा थपिएको उनले बताए।

यता जिल्ला प्रहरी बाँकेले उनीहरूको खोजतलास भइरहेको जनाएको छ। "अदालतले पक्राउ पुर्जी जारी गरेका ती दुई जनालाई प्रहरीले पक्राउ गर्छ",बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

पक्राउ पुर्जी जारी भइसकेपछि जोसँग बसे पनि कानुनले नछाड्ने डीएसपी डाँगीले जानकारी दिएका छन् । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको र पक्राउ परे लगत्तै जिल्ला अदालत बाँकेमा बुझाइने बाँके प्रहरीले जानकारी दिएको छ। 

पीडितले सामाजिक सञ्जालमा पक्राउ पुर्जी जारी भएका एक प्रतिवादीको तस्बिर नै राखेर हाल्दा सम्म  सुरक्षा प्रमुखसँगै फोटो सेसन गरेका एक प्रतिवादी निर्धक्क भएको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ