arrow

प्रतिनिधि सभाको बैठक बस्दै

राष्ट्रपति र मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार पत्र पढेर सुनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
parliament_of_nepal.png

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइनेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पनि पढेर सुनाइने आजको कार्यसूची छ । 

साथै आज विद्यालय शिक्षा विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्माणार्थ प्रस्तुत गरिने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ