arrow

चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी, मूल्य कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
moon and mars material-hand-watch.jpg

जेनेभा। आकाशबाट उल्का पिण्ड झर्नु सामान्य कुरा हो। तपाईँले पनि यस्ता धेरै घटना देख्नु भएको होला। तर के तपाईँलाई थाहा छ आकाशबाट खस्ने यी उल्का पिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर।

लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो। यो विशेष घडी बनाउनको लागि विश्व परिचित छ। अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ। वास्तवमा यी घडीहरू बनाउन उल्का पिण्डका टुक्राहरू प्रयोग गरिएको छ।

यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्का पिण्डका टुक्रा प्रयोग गरिएको छ। यी उल्का पिण्डहरू चन्द्रमा, मङ्गल ग्रह, उल्का पिण्ड र क्षुद्र ग्रहबाट पृथ्वीमा आएको र ल्याइएको टुक्राहरू राखेर बनाइएको विज्ञहरूले बताएका छन्। यो घडीलाई कस्मोपोलिस नाम दिइएको छ।

सबै कर बाहेक यो घडीको मूल्य करिब ३.२ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ। जबकि, यसको मूल्य करसहित हुँदा त्यो भन्दा उच्च हुन आउँछ। यो घडी बनाउनका लागि उल्का पिण्डसँगै १८ क्यारेटको गुलाब सुन प्रयोग गरिएको कम्पनीले जनाएको छ। यो घडी गिनिस बुक अफ वल्र्डमासमेत समावेश गरिए पछि थप चर्चामा आएको हो।

उल्का पिण्डबाट केही बनाइएको यो पहिलो पटक भने होइन। यसअघि उल्का पिण्डबाट पनि अनौठो पर्स बनाइएको थियो। यो पर्स कोपर्नी नामको फ्रान्सेली ब्रान्ड कम्पनीले बनाएको हो। यो पर्सको मूल्य ३५ लाखभन्दा बढी छ। दुई किलो तौल भएको यो पर्स सुन्दा जति विशेष छ, हेर्दा पनि उत्तिकै विशेष छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ