arrow

सङ्घको बैठकमा भएन आन्दोलनको निर्णय, आवासीय चिकित्सकहरूले भने जारी राख्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
doctor-andolan-1.jpg

काठमाडौं । नेपाल चिकित्सक सङ्घको बैठकले आन्दोलनरत रेसिडेण्ट चिकित्सकहरूसँग छलफल गर्ने भएको छ । बुधवार सङ्घको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भने पनि ठोस निर्णय गर्न भने सकेन । 

बैठकपछि सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने वा नबढाउने भन्नेबारेमा निर्क्योल गर्न सकिने बताए । 

यद्यपि आवासीय चिकित्सकहरूले आन्दोलन जारी राखेका छन् । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू मङ्गलवारदेखि आन्दोलनमा छन् । 

अध्यक्ष कार्कीले चिकित्सकहरूमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताए । 

कार्कीले चिकित्सकहरूको आन्दोलनमा ऐक्यबद्धता कायम रहेको बताए । उनले कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनुपर्ने बताए । 

डा.कार्कीले गृह मन्त्रालयमा भएको वार्ताबारे आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने र आन्दोलनलाई कसरी अगाडी बढाउनेबारे थप निर्णय हुने बताए । उनले आन्दोलन जायज भएकाले आन्दोलन फिर्ता नलिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ