कांग्रेस संसदीय दलको बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
846
Shares
काठमाडौं । प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।
आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमासंघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया हुने बताइएको छ ।