arrow

शिक्षकहरूको प्रदर्शन जारी, उपत्यकाको ट्राफिक अस्तव्यस्त [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
teacher-andolan-2nday.JPG

काठमाडौं ।  शिक्षकहरूले आज दोस्रो दिन पनि काठमाडौँमा प्रदर्शन जारी राखेका छन् ।  

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौँमा आन्दोलनका लागि आएका हुन् ।   

 बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ । 

शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन रोकिएको छ । विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन् । 

आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । वानेश्वरदेखि माइतीघरसम्म आन्दोलनका कारण गाडीहरू जाममा परेका छन् । 

त्यसको प्रभाव काठमाडौं भर परेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ