arrow

‘शिक्षा विधेयक सुझावका आधारमा पास हुन्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
Bhanu Bhakta joshi.jpg

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरेर प्राप्त सुझाव आधारमा पारित गरिने बताएका छन् । 

सो विधेयक यही भदौ २७ गते सङ्घीय संसद्मा दर्ता भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले संविधानको मर्म र जनताको चाहना विपरीत विधेयक पारित हुन नसक्ने भएकाल दफाबार छलफलका क्रममा पर्याप्त गृहकार्य हुने स्पष्ट गरे । 

विधेयकप्रति नेपाल शिक्षक महासङ्घलगायत संस्थाले विरोधका कार्यक्रम घोषणा गरेका छन् । 

कार्यक्रममा शिक्षाविद् डा प्रमोद भट्टले सार्वजनिक शिक्षाको सवलीकरण र संविधानको ममअुसार विधेयक आउनुपर्नेमा कतिपय बुँदामा अस्पष्ट र निजीकरण गरिएको जनाए । 

शिक्षाविद् विमल फुयाँलले विधेयक प्रगतिशील नभएकाले व्यापक परिमार्जन गर्न आवश्यक रहेको टिप्पणी गरे । 

एनसिइ नेपाला अध्यक्ष राजेन्द्र पहाडीले आफूहरुले दिएको सुझाव र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को भावनालाई सम्मान नगरी विधेयक आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ