arrow

ढकेरीमा द्वन्द्वकालीन माइन विस्फोट 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० भदौ ३१ आइतबार
mini-explosion-banke.jpg

नेपालगञ्ज । बाँकेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा शक्तिशाली विस्फोट भएको छ । ढकेरीदेखि दुई किलोमिटर पूर्व राजमार्गको किनारमा गएराति  विस्फोट भएको हो । विस्फोट कसले गराएको हो भन्ने यकिन नभएको बाँके प्रहरीले जनाएको छ ।

यद्यपि प्रारम्भिक अनुसन्धानबाट द्वन्द्वकालीन माइन विस्फोट भएको हुन सक्ने अनुमान छ । विस्फोटबाट राजमार्ग उप्किनुका साथै किनारमा खाल्डो परेको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

 घटनास्थलमा चुना जस्तो धुलो र खिया लागेको तारको टुक्रा भेटिएको छ । विस्फोटबाट अन्य क्षति भएको छैन । विस्फोट भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान थालिएको बाँके प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ