arrow

धोका दिने अधिकार कसैलाई छैन : रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
rabi-lamichhane-2080.jpg
तस्बिर-फाइल

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । 

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए । 

“हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ”, सभापति लामिछानेले भने । 

नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो । 

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए । 

सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ