arrow

रकमसहित कर अधिकृत विमानस्थलमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
sapkota-money.JPG

काठमाडौं । दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् । 

नेपालगन्ज विमानस्थलबाट काठमाडौं आउँदै गरेका उनीसँग मोटो रकम भेटिएपछि पक्राउ परेका हुन् । 

उनको साथबाट प्रहरीले  २६ लाख नगद फेला पारेको छ । विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए । 

 सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनी बिहान श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ