arrow

बिदामा सरकारी गाडीको दुरुपयोग गर्ने तीन जना नियन्त्रणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
sarbajanik-bidama-sarkari-gadi-2080-05-23.jpg

भक्तपुर । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले बिदाको दिन बिना पास चलेको सरकारी गाडीलाई प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरमा भएको कार्यक्रमबाट तीन वटा गाडी समातिएका छन् ।

शनिबार सार्वजनिक बिदाको दिन बिना पास सरकारी गाडी चलाइको पाइएमा राष्ट्रिय युवा सङ्घ नेपालका युवाहरूले गाडीको साँचो प्रहरीलाई बुझाउने कार्यक्रम अन्तर्गत भक्तपुरको जगातीमा तीन वटा गाडी समातिएका हुन् ।

युवा सङ्घ नेपाल भक्तपुर जिल्लाको अगुवाइमा भएको कार्यक्रममा भक्तपुरको भक्तपुर नगरपालिका व्यासी र जगाती चोकमा युवा झण्डा बोकेर बसेका थिए । टोलीले जगाती सूर्यविनायकमा तीन वटा भेटेको हो । 

बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै परिवारसँग घुम्ने र निजी काममा प्रयोग गर्ने विकृतिलाई रोक्न युवा सङ्घ भक्तपुरले यस्तो अभियान चलाएको सहभागी युवाले बताए । 

सम्पूर्ण युवाहरूले राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्षसँग समन्वय गरी कार्यक्रम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ