arrow

नक्कली नेपाली नोटसहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका-४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका छन् ।

उनका अनुसार काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रू एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ  पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ