arrow

यादवमाथिको आक्रमणप्रति सांसदहरुले मागे प्रधानमन्त्रीको जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
mahendra-yadav-attack.jpg

काठमाडौँ । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधान सभा सदस्य महेन्द्र यादवमाथिको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् । 

 बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौँमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो भन्दै प्रश्न गरेका छन् । 

 यादव भाग्यले बाँचेको भन्दै उनले भने, ‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।’

साथै प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले पनि यादवमाथिको आक्रमणप्रति आपत्ति जनाए । उनले यस घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ