arrow

काठमाडौँ १६ का वडाध्यक्ष रिजालको १२ बजेपछि अन्तिम संस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
mukunda-rijal-congress.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको बिहान ग्रान्डी अस्पतालमा निधन भएको छ । उनलाई डेंगी संक्रमणका कारण उच्च ज्वरो आएकाले अस्पतालको भेन्टिलेटरमा रहेर उपचार भइरहेको थियो । 

उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो । 

काठमाडौँ महानगरपालिकाले बिहान ११ बजे अन्तिम संस्कारका लागि रिजालको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिने भएको छ । 

उनको मध्यान्ह १२ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि हुने उनका पारिवारिक निकटस्थ सुशान्त आचार्यले बताए । 

कांग्रेसले पशुपति आर्यघाटमै अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम राखेको पनि उनले बताए । 

हक्की स्वभावका स्पष्ट वक्ता रिजालका श्रीमती र दुई छोरा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ