arrow

काठमाडौँ १६ का वडाध्यक्ष रिजालको डेंगीबाट निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
mukunda-rijal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका वार्ड नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

नेपाली कांग्रेस काठमाडौँ ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष मुकुन्द रिजालको डेंगी संक्रमणबाट निधन भएको हो । 

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई उच्च ज्वरो तथा  निमोनिया भएकाले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।

उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहँदै आएका थिए । 

महानगरको बैठकमा पनि उनले आफ्ना एजेन्डा सक्रिय रुपमा राख्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ