कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
2.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । उनीमाथि राजधानीको रिपोर्टर्स क्लबमा खुकुरी प्रहार भएको हो ।
कार्यक्रम सकेर बाहिरिएर सवारी चढ्ने क्रममा उनीमाथि आक्रमण भएको रिपोर्टर्स क्लबका सचिव ईश्वर कार्कीले बताए । नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।