कोहलीले एक रनमा छाडेको आसिफको क्याच ५८ रनमा पुगेर लिए
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
1.7k
Shares
काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा आसिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा आसिफ संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भएका छन् ।
उनलाई विराट कोहलीले क्याच आउट गरेका छन् । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए ।
आसिफ र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि सर्वाधिक ६५ रनको साझेदारी भएको थियो । तर त्यसपछि भने लगातार विकेट ढलेको छ ।
२९.५ ओभरमा नेपालले ५ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
कुशलले २५ बलमा ३८ रन बनाए । जसमा २ छक्का र ३ चौका सामेल थियो ।