चीनले चुच्चे नक्सा हटाएको विरोधमा दूतावासमा नेविसंघको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
1.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिनियाँ दूतावासमा प्रदर्शन गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाएर भारतमा गाभेको भन्दै नेवीसंघले विरोध प्रदर्शन गरेको हो ।
नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको छ । तर चीनले आफ्नो नयाँ नक्सामा उक्त भूभागलाई भारतकै भागमा पारेको छ ।
नेवीसंघले विरोध प्रदर्शन गर्नुअघि दूतावासलाई कूटनीतिक नोट उपलब्ध गराएको थियो । तर त्यसको जवाफ नपाएपछि नक्सा संशोधन गर्न दबाब दिन प्रदर्शन गर्नुपरेको नेवीसंघले जनाएको छ ।
सो क्रममा प्रहरीले विद्यार्थीहरुमाथि धरपकड गरेको छ ।