arrow

बुद्ध एयरमा खराबी आएपछि एमाले शीर्ष नेताहरु चढेको विमान काठमाडौँ फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
buddha-airlines.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरु चढेको विमानमा खराबी देखिएपछि काठमाडौँ फिर्ता भएको छ । 

बुधबारदेखि सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु जनकपुर जाँदै थिए । उनीहरु सवार बुद्ध एयरमा समस्या आएपछि जनकपुर अवतरण नगरी पुनः काठमाडौँ नै फिर्ता आएको छ । 

विमानको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौँ फिर्ता ल्याइएको उक्त विमानमाा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु सवार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ