arrow

खुशीको सिद्धान्तमा आधारित पुस्तक प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
Khusi-Balbalika--Cover.jpg

काठमाडौं ।  हिमाली देश भुटानको कुल राष्ट्रिय खुशीको सिद्धान्तमा आधारित पुस्तक ‘खुशी बालबालिका र अभिभावक’ वी रिडले प्रकाशन गरेको छ । पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुशी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।

डा. साम्दु क्षेत्रीले लेखेको पुस्तकलाई डा. जयप्रसाद लम्सालले अनुवाद र डा. रमेश शुभेच्छुकले भाषा सम्पादन गरेका छन् ।

अभिभावकत्व र हुर्कने उमेर गरी दुई भागमा बाँडिएको पुस्तकभित्र अनुशासित जीवन र समय पालना, स्वास्थ्य र खुशी, मूल्यमान्यताको शिक्षा, मानसिक, आध्यात्मिक र संवेगात्मक उन्नति, स्तरीय जीवन यापन, संस्कृति र परम्परा, सामाजिक जीवन, पर्यावरणीय सम्बन्ध, असल स्वशासनका विषयलाई समेटिएको छ ।  

यस्तै, गर्भावस्था, बालापन, पूर्व किशोरावस्था, किशोरावस्था र सुधारात्मक उमेर (१७–२५) मा हुने विविध परिवर्तन, चाहना तथा संवेदनशीलताका पक्षमा पनि मिहीन विश्लेषण छ ।

भुटानको दुर्गम गाउँमा जन्मिएका लेखक क्षेत्रीको सपना नै शिक्षक र किसान हुने थियो । पहिले उनले आफ्नै देशमा र पछि अस्ट्रेलिया र स्विटजरल्यान्डमा किसान भएर काम गरे । सन् २०१८ मा उनले आईआईटी खड्गपुरमा शिक्षण सङ्कायमा काम सुरु गरेका हुन् । सही सोच भए जीवनका कुनै पनि दृढ इच्छा पूरा गर्न सकिन्छ भन्ने क्षेत्री भुटानका एक सय उत्कृष्ट व्यक्तिको सूचीमा पर्छन् ।

क्षेत्री पहिलो भुटानी सरकारी स्नातक हुन्, उनले निजी र विकास क्षेत्रमा २५ वर्षसम्म काम गरे । यसपछि उनले प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा ५ वर्ष काम गर्ने अवसर पाए । ग्रश नेसनल ह्याप्पिनेस सेन्टरको स्थापना गरी उनी ५ वर्ष यसको नेतृत्वमा रहे । बेलायती संसद्, फिलिपिन्सको सिनेट र दर्जनौँ मञ्चमा प्रेरणादायी प्रवचन दिएका क्षेत्रीले सन् २०१६ मा समता शित्य एकेडेमीबाट भगवान् बुद्ध शान्ति अवार्ड प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ