arrow

गौहत्या गरी सार्वजनिक भोज गर्नेलाई तत्काल कारबाही गर्न विश्व हिन्दू युवा संघको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
bishwa-hindu-yuba-sangh-2080-05-11.jpg

राजविराज । गौहत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानूनी दायरामा ल्याइ कारबाही गर्न विश्व हिन्दू युवा संघ जिल्ला कार्य समिति सप्तरीले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

संघले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाएको छ । ज्ञापन पत्रमा सुनसरीको धरानमा गाई–गोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरीत रहेको बताउँदै दोषीलाई तुरुन्त कानूनी कारबाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको हो ।

संघले जारी गरेको ज्ञापन पत्रमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात, जाति तथा धर्मका मान्छेहरूले सम्मान गर्नुपर्नेसमेत बताएको छ । 

संघले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरीत कार्य गर्ने जोकोहीलाई पनि यथाशीघ्र कारबाही गर्नुपर्ने माग गरिएको छ ।

संघकी उपाध्यक्ष रमिला साहले सुनसरी घटनालाई संघले गम्भीर रुपमा लिएर घटनाको दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन संघले जोडदार माग गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ